कोभिड महामारीको परिवेश उतैबाट आयो देश चलाउने यो उपदेश उतैबाट आयो ।। राहत खोज्दै छ जनता जोडघटाउमै छ सरकार सत्ता समीकरणको आदेश उतैबाट आयो ।। यहाँ के छैन सबथोक छ तर बोल्न पो मिल्दैन त्यसैले त महामहिमको सन्देश उतैबाट आयो ।। थाहा छ चाहिन्छ धिरता दिन आउनलाई रातपछि तर पनि कस्तो उज्यालोको भेष उतैबाट आयो ।। (सल्यान)