कुखुरा कराउँदै आमन्त्रित गर्छ सूर्य उदय
कार्यभार सम्हाल किसान दाइ, बुज्दै त्यसको मनसाय
अघि बढ्छ दिनचर्या नयाँ युद्ध बालीमा पाउनु छ बिजय
पसिनाको हत्या र निछावर गर्ने किसान अन्न देव हो महाशय ।
जमिन एक टुक्रा होस् वा क्षितिज़ छुने प्रान्त
किसानको कर्म हो अन्न उब्जाउनु, महान ग्रन्थ
लेखिएका सब्द माहान् ती पुस्तकबीच एक महाकाव्य
किसानको पसिनाले सिचेको जमिन हो एक अध्याय ।
अन्न देवको एक मात्र भक्त हो असल किसान
प्रशंसित देव दिन्छन् जब बालीको रुपमा दर्शन
ब्रह्मदेव सृजित जीवलाई दिने अमृत हो उर्वर जमिन
किसानको प्राथना, मेहनत र पसिनाको जब हुन्छ मिश्रण ।
खाद्यान्य पुग्दा सबैको दैलो, दंग पर्दै खादन गर्ने मनुस्य
प्रसाद हो त्यो देवको, पुजारी हो किसान 'ग्रन्थ' ले खोल्छ रहस्य
अबुज प्राणिघातक बाण छोड्छ, अन्योलमा देह त्याग्ने किसान
सबै देव भक्त जीवित राख्ने महान सब्द हो ' किसान' ।
सडक छेउ रुन्छ वियोगमा गरिब त्यो देवभक्त
कलियुगको देव ठग र दलालको मर्कामा किसानको आँशु बहन्छ बनी रक्त
जमिन एक पाना हो किसानले मसी छर्ने रच्नलाइ ग्रन्थ
नपढी किसानको जीवन एक 'महाकाव्य' अबुज नै रहन्छन् कलियुगका देव ।
(अमेरिका)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।