दाउरा हैन यतिबेला जनतालाई अक्सिजन चाहियो
गरे र आँटे के हुन्न मात्रै सरकार गर्ने तेरो मन चाहियो ।
शोकमा छन बस्तीहरु पीडामा छन तिम्रा जनताहरु
केही त गर न हिजोको तिम्रो घोषणा र वचन चाहियो ।
तडपाई तडपाई मारिरहेछौ जनता पाप लाग्नेछ हेर
गरिरहेछौ नौटङ्की भन्छौ बाँच्नलाई कार्बन चाहियो ।
दुरदराजमा सिटामोल नपाई जनता छटपटिदै गर्दा
किन तिम्लाई सिंहदरबारको विलासी सयन चाहियो ?
बाँच्न चाहान्छन् जनता हिम्मत भए बचाएर देखाऊ
मरेपछि त किन तेरो श्रद्धाञ्जली र कफन चाहियो ?
(टिकापुर, कैलाली)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।