थप्पड सँगै लुकेको माया रहेछ आखिर अवतार "देवता"को "आमा" रहेछ आखिर । दौड्यो जसै खरायो, आफ्नै घमण्ड बोकी राखेर धैर्य जित्ने, कछुवा रहेछ आखिर । खेल्दै थिएँ रमाई आमाको काखमाथि झस्केर चाल पाएँ, सपना रहेछ आखिर। सिद्धान्त नीति दर्शन यी हुन् भर्याङ मात्रै गन्तव्य सब नेताको सत्ता रहेछ आखिर । पुतली समात्ने मान्छे छुन्नन् झुसिल किरालाई साँच्चै कुरूपता नै रक्षा रहेछ आखिर। (शुद्धोधन-३, रुपन्देही)