ए कोरोना !
तँकस्तो रोग आइस् ?
हटियाबाट सर्दैनस्
तरकारी पसलबाट सर्दैनस्
किराना पसलबाट सर्दैनस्
औषधी पसलबाट सर्दैनस्
बैंकबाट सर्दैनस्
सायद रक्सी पसलबाट पनि सर्दैनस् होला
तर मोवाइल पसलबाट सर्छस्
कपडा पसलबाट सर्छस्
पुस्तक पसलबाट सर्छस्
चिया पसलबाट सर्छस्
स्कुलकलेजबाट सर्छस्
सायद सामाजिक सञ्जालबाट पनि सर्छस् होला
अनि तेरो सर्ने समय पनि फरक फरक रहेछ नि
विहान सर्दैनस्
तोकेको समयमा पनि सर्दैनस्
दिउँसो र बेलुका सर्छस्
अनि नतोकेको समयमा मात्रै सर्छस्
ठुलाबडामा कम सर्छस्
सानाछोटामा बढी सर्छस्
ए कोरोना !
तँ चढ्ने साधन पनि बेग्लै रहेछ है
सुरक्षाका गाडीबाट सर्दैनस्
जनप्रतिनिधिका गाडीबाट सर्दैनस्
पास लिएका गाडीबाट पनि सर्दैनस्
जहाजबाट त झनै सर्दैनस् होला
तर सर्वसाधारण नागरिकका बाइकबाट सर्छस्
बस, ट्याक्टर, टेम्पोबाट सर्छस्
सायद पैदल यात्राबाट पनि सर्छस् होला
अनि पच्चिस जनाभन्दा कममा सर्दैनस् बढीमा मात्रै सर्छस्
हुन त जन्तीबाट सर्दैनस्
विहे, भोज, भतेरबाट पनि सर्दैनस्
सायद मलामीबाट चाहिँ सर्छस् होला है
ए कोरोना !
म परिचित छु
तेरो पहिलो परिचयबाटै
यी सब परिस्थिति थेगेर बाँच्ने भएको छु
घरै बसेर जित्छु म तँलाई अब
अफसोस !
कोरोना त जितौँला
तर खान नपाएर म घरमै मरेँ भने
या त अरु कुनै कारणबाटम यस धरतीमा
जीवित यदि रहन सकिनँ भने
मेरा आफन्तलाई मुख हेर्न दिनु
खबरदार !
कोरोनाले मरेको नभन्दिनु ।
(जलजले, तेह्रथुम)