युगौंदेखी मनुष्यको
रगत पिउने सत्ता
आज पनि उसको
तिर्खा उत्तिकै छ
जबसम्म ऊ सुरक्षित छ
सुरक्षित हुन्छ उसको स्वाभिमान
जबसम्म उसलाई शान्ति छ
तबसम्म शान्ति हुन्छ सिमामा पनि
सिमाना र स्वाभिमान बदलिएका छैनन
यिनीहरू त पहिले पनि त्यहीं थिए
र आज पनि त्यहीं छन्
शायद भोलि पनि त्यहीँ रहनेछन्
सत्ताको गणतव्य
क्रांति हुँदैन
तर जब-जब उसलाई सताउँछ असिम्प्टोमेटिक रोगले
र छट्पटाउँछ पीड़ाले
आफ्नै कोठा भित्र
ऊ औषधी खोज्न
सीमातिर दौड़न्छ
र अड़िन्छ त्यो ठाउँमा
जहाँ हुन्छ
लाशहरूको अदला-बदली
आफ्नै सुरक्षाको निम्ति
वर्षौं अघि एउटा सत्ताले
मौन रही सम्झौता गरेको थियो
आफ्नो स्वाभिमानको
वर्षौंपछि आज एउटा सत्ताले
खोतल्दैछ इतिहास त्यही
मौनता र स्वाभिमानको
जसरी वर्षौंदेखि एउटा सत्ताले
लुकाइ राखेको छ
आफ्नो गुप्त रोग
सत्ताहरू सबै एउटै हुन्छन्
सिमाना त देशको हुन्छ
सत्ताको सिमाना हुँदैन
न नै हुन्छ कुनै देश
ऊ त केवल सत्ता हुन्छ
जो सधैं सत्तामै बस्न चाहन्छ
ऊ सेवक पनि बन्छ
मालिक पनि ऊ
ऊ नै राजा पनि
प्रजा पनि ऊ
ऊ नै बाघ बनी गर्जन्छ
ऊ नै ड्रैगन बनी तर्साउँछ
ऊ नै रोग पनि
रोगी पनि ऊ
रोग निको पार्ने ओखती
पनि ऊ नै
ऊ नै सबैतिर छ
ऊ कहीँ छैन पनि
त्यसैले हामी ऊ बाहेक
सबथोक देख्छौं
तर उसलाई देख्न सक्तैनौँ
उसको अनुहार यति डरलाग्दो
यति डरलाग्दो छ कि
आजसम्म ज- जसले पनि
त्यो अनुहार देखे
तिनीहरूले भोली को बिहान
कहिल्यै देख्न पाएनन् ।।।
(सिलगुरी, भारत)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।