म हाँसेको देख्यौ, जलेको देखेनौ नियतिले मलाई, छलेको देखेनौ । आफ्नै सपनाको महल, ठडाइरह्यौ मेरो सपनाको महल, ढलेको देखेनौ । बाहिरबाट हेर्यौ, शान्त, शीतल देख्यौ मनमा आँधी-हुरी, चलेको देखेनौ । के दिउँ तिमीलाई, मेरो प्रेमको सबुत ? तिम्रै यादले पलपल, गलेको देखेनौ । (काभ्रे)