कोही आज बलिदान दिइरहेको छ, कोही बलिदानी बेचेर बाजिरहेको छ । उस्ले कुकर्म गर्दा पनि छुट हुने भए, कुन कानुनले ऊ बाँधिरहेको छ ? जिउँदै मान्छेलाई श्रद्धाञ्जली भन्छ, देखेँ आज मलामी जाँदा हाँसिरहेको छ । इमान बेचिसक्यो, इनाम बेचिसक्यो त, अब आफै बेचिन मात्रै बाँकी रहेको छ । सरम कत्ति छैन, निर्लज्ज बादशाह, दिनदहाडै नाङ्गो नाच नाचिरहेको छ । (पर्वत)