इतिहास तिम्रो कोरिने छ दिल, तोडेको नाममा यता धोका दिएर उता सम्वन्ध, जोडेको नाममा । दुःखी पीडितको मनमुटुलाई, खेलौनाझैँ सम्झिएर स्वार्थ पूर्ति गर्न फेरि अन्तै पाइला, मोडेको नाममा । जिन्दगीको हरेक यात्रा सँगै गर्ने बाचा कसम थियो तर आज बाचा भुली बिचबाटो मै, छोडेको नाममा । फुल्दै थियो, फक्रदै थियो मायाको त्यो सुन्दर फूल अनायासै फूलको बोट फुल्न नपाई गोडेको नाममा । (बागलुङ)