विचरो पुरस्कार !
उसको के दोष
दिइन्छ थापिन्छ
फरक आयम फरक दृष्टिकोण
र फरक धरातल
अनि फरक मापन
फरक समिकरण फरक हिसाब
जहाँ न कुनै शुत्र हुन्छ
न कुनै मापडन्ड हुन्छ
बस दिइन्छ थापिन्छ ।
मन अन्धो भएपछि
विवेक दृष्टिबिहीन हुन्छ
र बिर्को लाग्छ बिज्ञतामा
छोपिन्छ भिजन
अनि सधैं साउनको हरियो रोप्छ
खण्डहरमा
र उमार्छ अलिकति सपना
अलिकति गफ
अनि बन्छ स्वघोषित विद्वान
मोल लगाउँछ सिर्जनाको
र देख्छ श्रीखण्ड र खुर्पाको बिड उस्तै
यसैले
शब्द थुपारेर हाट थाप्ने
थरिथरिका शब्द पसले
बेच्छन थोकमा बेतुक शब्दहरु
र
कब्जा गर्छन् कलमका धारहरु
स्तुतिगानमा तरंगित भावशून्य
अक्षरका झुण्ड फिजाएर
सिँगो आकाश ढाकेको भ्रम बोकी
छेक्न खोज्छन् हत्केलाले
सूर्यका किरणहरु
गर्व गर्छन् स्वघोषित बिजयको
र झुक्छ सगरमाथा लज्जाबोधले ।
बिचरो पुरस्कार !
आत्मा सम्मान बन्धकी राखी
मिल्किन्छ
तेही स्वघोषित भिडमा
र धिकार्छ आफैलाई !
(अमेरिका)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।