(१)
शुरूमा अभिन्न मित्र हुन्छु
अनि सँगै बसेको चित्र हुन्छु
त्यसपछि मायामा यस्तरी हराउँछु
जब तिम्रो मुटु भित्र हुन्छु ।
(२)
थोरै सम्झन्छन् धेरै बिर्सन्छन्
त्यै पनि आँखा सपना देख्छन्
जति धेरै माया लगाए पनि
थोरै नजिक धेरै टाढा हुन्छन् ।
(३ं)
कपाल रङ्गाएर राम्रा हुन खोज्ने पनि छन्
छाला नङ्गाएर राम्रा हुन खोज्ने पनि छन्
मिलेन भएन अनुहार सुहाउँदो भनि
नाक बङ्गाएर राम्रा हुन खोज्ने पनि छन् ।
(लस एन्जेलस)