१.
गाँउ गाउँ भट्टी पसल भुली हिन्नु भन्दा
आबारा र केटाकेटी बटुली हिन्नु भन्दा
छोराछोरी रोटी खालान् बूढी चोली फेर्लिन्
बारी खन, भैसी पाल डुली हिन्नु भन्दा ।
२.
घण्टी बजाउँदैमा टुपी पाल्दैमा के हुन्छ ?
मुर्तीको थाप्लोमा दूध हाल्दैमा के हुन्छ ?
दिनभरी अरुको खोइरो खन्दै हिन्नेहरुले
साँझ र विहान बत्ती बाल्दैमा के हुन्छ ?
३.
पैतालामा आफ्नै देशको माटो लाग्दा राम्रो हुन्छ
राष्ट्रको घाउ भलिएर खाटो लाग्दा राम्रो हुन्छ
तिम्रो मेरो गन्तव्य र बाटो फरक पर्यो अब
आजैबाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो हुन्छ ।
(जाजरकोट)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।