चुक घोपटिएको जस्तै छ रात
चुकिलै छ मन समझेर विगत
एक्लो बसी कोठाको कुनामा
पल्टाउँदै गइरहेछु पुराना समझनाहरु ।
अनायासै बग्छन् आँखाबाट आँसु
याद आयो कि वर्षिन सुरु गरिहाल्छन्
घिच्याउदै किन लैजान्छ यो मन मलाई
डढेलो लागेको जंगलमा
जहाँ देख्छु अर्धजलेका मेरा भावनाहरु ।
मेरो रोदन र चित्कार सुनेर
लाचार भई हेरिरहन्छ यो मन
मूकदर्शक बनेर
जलेको कोइला हाल्न तयार छु मुखमा
बरु जाओस यो जिब्रो जलेर ।
सिन्दूर, टिका,पोते र खनखन बज्ने चुरा
क्वारक्वार्ती हेर्छन् आपसमा, गर्दैनन क़ेही कुरा
रगतको आहालमा डुबेकी छ ‘कविता’
जबदेखि दैवले रोप्यो जीवनमा धारिलो छुरा ।
(काठमाडौ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।