मनहरु बगर भए भने क्रान्तिको ढुङ्गो उम्रन सक्छ । सत्ताको बुट बारुदको फुट फगत त्रास - समय फगत सन्त्रास शोक, भोक र क्रोधको भोकै भोग हुनुभन्दा अनुदार भए भने मनहरु फेरि शान्तिको मुद्रा टुक्रन सक्छ ।। मान्छेहरु- माउते भएपछि नबिर्सन वाहनको भोक आँखामा लागेपछि भोकका डामहरु शिकार हुनसक्छन् लगाम समाउने हातहरु नै.....। विश्वास रोपेर फुलेका फूलहरुले अविश्वासको बास्ना दिन थाले भने फेरि, मनहरुमा विध्वंस फुर्न के बेर ? तिमीसँग आस्थाको सम्झौता हो मनोमालिन्यको धारामा हस्ताक्षर गरेको हो कहाँ र ? मनले मन खाएको न हो अपमान भएपछि फेरि अन्धाधुन्ध प्रतिशोधहरु थाले भने अर्थहरु मुछिन्छन् रक्तकणले फगत विनाश बनेर । तिमीले, पुनरावेदनको आवाज उठाउनु अघि नै अन्त्यका एकपक्षीय फैसलाहरुले मान्छेहरु मनहरु बगर भए भने क्रान्तिको ढुङ्गो उम्रन सक्छ ।। (गान्तोक, सिक्किम)