ईश्वरले मेट्दा पनि मेटिएनन्
कसैगरी
मैले पानीमा कोरेका रेखाहरू ।
त्यो बेलादेखि नै
को पहिला
आकाश टेकेर उभिने भनेर
प्रतिष्पर्धा चलिरहेथ्यो
ईश्वरसँग मेरो
र, मेरो ईश्वरसँग ।
त्यसको केही समयपछि
जब विश्वासको आगोमा सल्केर
विश्वास आफैं जल्यो
र खरानी भो क्षणभरमै
त्यतिखेरै ईश्वरको शक्ति नाश भएर गयो
त्यतिखेरै ईश्वरको शरीर लास भएर गयो ।
र, अब
लास भएको ईश्वर
आकाशमा टेकेर उभिन सक्दैन
कहिल्यै पनि ।
तर एकदिन
म पक्का सक्नेछु
आकाश टेकेर उभिन ।
किनकि मसँग ईश्वरले पनि कहिल्यै नभेटेका
आफन्तहरूको साथ छ ।
किनकि मसँग ईश्वरले पनि कहिल्यै नदेखेका
उज्यालाहरूको साथ छ ।
(सुनसरी)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।