म तिम्रो सालिक बनाउने छु
तिम्रो शरीर तिम्रो छालाजस्तै
गहुँभन्दा गोरो बनाइदिनेछु,
शिरमा मुकुट
भालेको सिउरबाट बनाइदिनेछु
एक हातमा मनुस्मृतिको बढेमानको किताब
राख्दिम्ला
काधमा तिम्ले सदियौँदेखि बाँधेको
कुरितीको डोरी नि सजाइदिम्ला
मुटु ?
जिउँदो हुँदा नभएको मुटु
सालिकभित्र कसरी कल्पना गर्न सक्नु ?
बरु आँखा बनाइदिम्ला
आँखामा मज्जाले अट्ने सनग्लास बनाइदिम्ला
तर प्रिये अमानव !
म नबनाइ छाड्दिनँ तिम्रो बढेमानको सालिक
तर त्यहीँ राख्नेछु तिमीलाई
जहाँ हरेक दिन मेरो भविष्यले तिमीलाई थुक्न सकोस् ।
(कालेबुङ, भारत)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।