चित्रविचित्रको यो
पतझड् दुनियाँभन्दा पर
एउटा एकान्त
सत्य !
सुन्दर !!
त्यत्तिकै सुमधुर !!!
दुनियाँ छ
जहाँ
-झोर हुँदैन
-छञ्झा हुँदैन
-झञ्झट् हुँदैन
सृष्टिको
अनन्त पग्लेर
जलका थोपाहरूमा
इन्द्रधनूषका रङ्गहरूमा
गुलाफका थुङ्गा
र इन्द्रकमलका वास्नामा
सधैँ
सधैँ
मधुमास फैलदो छ
सुटुक्क पसौँ त्यहाँ
समग्र आत्मसात गरेर
बिस्तारै फर्कौँ
-हतार छैन
ढोका बन्द गरेर
घरभित्र बसौँ
ढोका खोलेर
घरबाहिर निस्कौँ
निस्के पनि
बसे पनि
-टल्पल थोपाहरू
-झल्मल रङ्गहरू
-ढल्पल थुङ्गाहरू
-स्नेहसिक्त वासना
कति सुन्दर छ
संसार हकि ??
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।