भ्रूण तिमी बाहिर नआऊ
वाहिरी संसार तिम्रो प्रतिकूल छ
जहाँ छौ तिमी त्यहीँ रमाऊ
त्यही संसार तिम्रो अनुकूल छ ।
त्यहाँ तिमी राम्रोसँग रमाउन सक्छौ
सवै कुरा व्यवस्थित छ त्याहाँ
बाहिर आए तिमी हराउन सक्छौ
कोलाहलै कोलाहल छ यहाँ ।
बाहिर आउनसाथ रुनु पर्नेछ,
विभेदका सृंखलाहरु आइहाल्छ
असमानताका भाइरसहरु सर्नेछ
तिमीमाथि अन्याय अत्याचार भइहाल्छ ।
हत्याहिंसाले अक्रान्त यश ठाउँमा
तिमी आउने कोशिस नगर
कलङ्कको खेती हुनेछ तिम्रो नाउँमा
कोही कसैको भर नपर ।
जालीझेलीहरु मात्रै छन् यहाँ
तिमीलाई आनन्द हुने छैन
सुखसँग बाँच्न सक्छौ त्यहाँ
बाहिरी संसार तिमीलाई सुहाउँदैन ।।
(दिक्तेल,खोटाङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।