ऊ सगरमाथाभन्दा आफूलाई
अग्लो ठान्छ
ससाना देशहरूलाई दास मान्छ
शक्तिको उन्मादले मस्त
विश्वलाई आफ्नो नियन्त्रणमा
राख्न खोज्द छ ।
ऊ विश्वको शक्तिशाली विशिष्ट मान्छे
उसले जे भन्छ सवैले स्वीकार गर्नुपर्छ
असत्यलाइ पनि सत्य मान्नुपर्छ
त्यसैले त ऊ विश्वको शक्तिशाली मान्छे ।
उसका लागि विश्व सानु छ
संसारका प्राणीहरू तुच्छ छन्
कहिले हिन्द र कहिले प्रशान्त महासागरमा
सयर गर्छ ।
ऊ आफूलाई प्रजातन्त्रको मसिया ठान्छ
निशस्त्रीकरणको मुद्दा उठाउँछ
अनि आफू आणविक हतियार बनाउँछ
विश्वमा हतियार विक्री गर्छ
त्यसैले त ऊ शक्तिशाली मान्छे ।
नसा नसामा नस्लको रक्तसंचार गर्दै
सेता कालाबिचमा विभेदको रङ भर्दै
छद्म भेषमा विभिन्न देशमा प्रभुत्व जमाउँछ
ऊ मत्ता हात्तीजस्तै भएको छ ।
कहिले धर्ममा कहिले संस्कृतिमा
जातजातिहरूमा विद्रोहको आगो सल्काउँछ
विचार किनबेच गर्छ
पुँजीवादको विरोध गर्नेलाई
क्षेप्याश्त्रले स्वागत गर्दछ
त्यसैले ऊ शक्तिशाली मान्छे ।
उसको रगत रातो छ अनुहार सेतो छ
मन मस्तिष्क कालो एवम् कठोर छ
बिच सडकमा कठोरतापूर्वक थिचीथिची
कालो नश्लको मानिस मारिरहदा
रमिते मानिसहरू हर्षोल्लास मनाउँछन् ।
कहाँ छ अन्तर्राष्टि्य मानव अधिकार
कहाँ छन् न्यायालय र न्यायाधीशहरू ?
भूमण्डलीकरणको सभ्य भनिने युग
यान्त्रिकरणको दुश्चक्रमा फसेको छ
मिसाइलका भाषाहरू पढिन्छन् बोलिन्छन्
पलभरमै सभ्यता र संस्कृति समाप्त हुन्छन् ।
(मोरङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।