मलाई फेसबुकको जीवन र मान्छेको जीवन उस्तैउस्तै लाग्छ
फेसबुकमा पनि अपलोड हुन्छन्
र डिलिट हुन्छन् अनेकौँ म्याटरहरू
जीवनका जस्तै
फेसबुकमा पनि गाँसिन्छन् नयाँ नयाँ पिरती
बस्छ माया
बन्छ मित्रता
गाँसिन्छ साइनो
र एकाएक हराउँछन् फेरि जिन्दगीमा जस्तै ।
फेसबुकमा बिलाएका म्यासेजहरूजस्तै
हराउँछन् अनेकौँ म्यासेजहरू जिन्दगीमा पनि
खालि अपलोड, अपडेट र डिलिट
कहिले अपलोड गर्यो, कहिले अपडेट गर्यो र कहिले डिलिट
लाग्छ कहिलेकाहीँ त डिलिट गरेका म्याटरहरू पनि
फेरि जिवन्त भइ दिऊन्
लाग्छ ब्लक भएका मान्छेहरू पनि फेरि अन्ब्लक गरुँ
जिन्दगीमा पनि फेसबुकमा जस्तै ।
मलाई फेसबुकको जीवन र मान्छेको जीवन उस्तैउस्तै लाग्छ
कहिले काहीँ लाग्छ इन्एक्टिभ गरूँ जिन्दगीलाई पनि
जसरी सिङ्गै फेसबुकलाई
गरूँ लाग्छ इनेक्टिभ् ।
(मोरङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।