टोलाउँदै रुँदो हुँ, रुन मुस्कुराउँदो हुँ अभिनय नमिल्न सक्छ, हर्कत नयाँ नयाँ हो बिर्सिन्छु सम्झिँदै म, सम्झिन्छु बिर्सिँदै नि आफैं दोधारमा छु आदत नयाँ नयाँ हो दुख्दा मजा भएपछि कोट्याउँदैछु घाउ किन यही चुन्यौ नसोध यो खत नयाँ नयाँ हो मस्तै गरे प्रशंसा भन्दै नउफ्री हाल्नुस् स्वाभाविकै हो गर्नु, सङ्गत नयाँ नयाँ हो । (पोखरा)