हे रवि ! तिमी, माथि आकाशमा छौ म तल पृथ्वीमा तिमी जे देख्छौ म देख्दिनँ म जे देख्छु तिमी देख्दैनौ देख्नुपर्छ तिमीले जे म देख्छु देख्नुपर्छ मैले पनि जे तिमी देख्छौ ।
रवि ! तिम्रो उषाकालीन लालिमामय किरणमा अन्ध आँखा बन्द विवेक भएका जनमनहरू जहाँ अन्धविश्वासका अँधेरा आँखा छन् विवेकहीनताका डरलाग्दा खाल्डा छन् विषम र विभेदका कहालीलाग्दा लक्ष्मण रेखाहरू छन् यिनलाई छात्तीमा टाँसेर तकमा भिर्न इच्छुक अनेकौ कङ्सहरु जो महिनावारीका नाममा चेलीचित्कार
हे रवि ! आऊ, तिमी र म एउटै यात्रा गरौँ अन्धविश्वास विरुद्धको यात्रा भोका पेट विरुद्धको यात्रा देश विरुद्ध लाग्ने विरुद्धको यात्रा चेतना चमत्कारयुक्त यात्रा जसमा म जे देख्छु तिमी त्यही देख्नेछौ तिमी जे देख्छौ म त्यही देख्नेछु ।
त्यो सुन्दर समय चेलीहरु प्राकृतिक नियमानुसार घरमै आरामको नीद सुतेर आँखा उघार्छन् भोका पेट चारो टम्म भरेर जीवन रथ-पाङ्ग्रा चलाउँछन् अन्धविश्वासका आँखाहरु अँधेरो पर्दामै छोपिन्छन् तिमी, ममा र म, तिमीमा एकीभूत हुनासाथ सुन्दर सगरमाथा शिर बन्छ शीतल हिउँ मन बन्छ ।
यस पवित्रताको पटाङ्गिनीमा न कोही रुन्छ न कोही रुवाउँछ समताको सौन्दर्य फिँजाएर अनन्त हिँड्न आऊ, तिमी चेतना फैलाऊ म, श्रमका हात उचालेर पर्वत ओर्लन्छु तराईतिर तराई, उक्लन्छु पहाडतिर !!!
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।