जुन,
तिमी आउने समय
प्रिय छ मलाई ।
तिमी त्यहाँ छौ
एकटक हेर्छु म
समुद्रका छालझैँ
ज्वारभाटाझैं
तरंगित हुन्छन् कुराहरू
जसको अन्त्य हुन्न
तर जो भन्न पनि सकिन्न ।
जति जति तिमीलाई निहारेँ
त्यति नै शान्त बनेँ म
तिमी र म
एउटा माया-कथा
एउटा शान्त तर गहिरो लगाव
तिम्रो पक्ष के हो
अन्दाज लगाएर बुझिदिएकी छु
चाहे पनि तिमी
छेवैमा आएर
म तिम्रो जुन हुँ भन्न सक्दैनौ ।
कोहीबेला लाग्छ यस्तो कि
यो आँशु जो अनवरत झर्छ
त्यो मेरो पश्चाताप हो
प्रेमको
जो मसँग कसैले गर्यो
जो मैले बुझ्न सकिनँ ।
तिमीभित्र देखिएको हल्का दाग
मलाई मेरो नक्शा लाग्छ
तिमी छुन्छौ
रूख
पात
पानी
धान
सड़क
साइकल
सिगरेट
रजनीगंधा
के-के
लाग्छ म हुँ सबै ।
आसक्ति
हो यो
बुझेँ मैले ।
जुन,
तिमीलाई यसरी
मरिहत्ते गरेर
बहुला भएको म
तिमीसँग टाँसिन होइन
तिमीबाट शीतलता पाई
गर्न चाहन्छु यो यात्रा पार ।
तर
बुझ न
कास यस्तै तिमीले पनि
सोच्न सक्ने भए
हाम्रो मायाकथाले
बिहानी घाम लाग्नभन्दा अघि
कति वाचा गर्थ्यो होला ?
(गान्तोक, सिक्किम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।