खुन र खुकुरी देवालयमा छ
बान्ता र बोत्तल विद्यालयमा छ
अचानोलाई धम्की खुकुरीले दियो
मेरो मान्छे माथि मन्त्रालयमा छ
बुवा कोरियामा आमा रेष्टुराँमा
टुहुरो बालक अनाथालयमा छ
आजसम्म मन्दिरमा कसैले भेटेन
छ भने भगवान सौचालयमा छ
बाउले जमीन बेच्यो छोरा पढाउन
छोरा भने भट्टी र वेश्यालयमा छ ।
(चुनबाङ, रुकुम पूर्व)