आफू मरीमरी कसैको ज्युने आधार बनाउँछ बन्दी भएर हावा बेलुनको आकार बनाउँछ सवाल नउठेको दिन सवाल गर्ने नउठ्ला यही सवालले जीवन अरु दिक्दार बनाउँछ उसैले मलाई तिम्रो सुरक्षामा पठायो के गर्यो? काडालाई जस्ले फूलको पहरेदार बनाउँछ दियो बनायो उसैले तरवार बनायो उसैले आरन त्यही हो जस्ले अनेक औजार बनाउँछ धरती बनायो कित्ता कित्ता, बाडोस गगन पनि सिमाना बनाउछ थाह छ काडे तार बनाउँछ (पेरिस, फ्रान्स)