किन आयौ सपनीमा बस्छौ कति दिन ?
खुकुलो त्यो अंगालोमा कस्छौ कति दिन ?
माया गर्नु पनि अव फेसन भएको छ
बिकृतिको दलदलमा फस्छौ कति दिन ?
आस्था, विचार, सिद्दान्त बेचिसके छौ
स्वाभिमानको चुलीबाट खस्छौ कति दिन ?
मौका आउँदा सबैले लुट्छन् भनेर
अवसररूपी छुरा यो धस्छौ कति दिन ?
पछिल्तिर नानाथरि गाली गर्दै हिँड्छौ
अघिल्तिर भने तेल घस्छौ कति दिन ?
(कर्मैया, सर्लाही)