कमजोर सधैँ गल्नुपर्छ कहाँ लेखेको छ ?
सबै फूल फल्नुपर्छ कहाँ लेखेको छ ?
चोखो माया गर्दाखेरी नबुझ्नेको लागि
एकहोरो जल्नुपर्छ कहाँ लेखेको छ ?
आफ्नै मनको तजविजी व्यक्त गर्न पाईन्न ?
इसारामै चल्नुपर्छ कहाँ लेखेको छ ?
परिश्रम गरेदेखि फल आफै मिल्छ
सोझासाझा छल्नुपर्छ कहाँ लेखेको छ ?
स्वावलम्बी बन्न सिकौँ चापलुसी किन ?
तेलले गोडा मल्नुपर्छ कहाँ लेखेको छ ?
मान्छै नै हो मान्छेलाई काम लगाउने
साबुनझैँ दल्नुपर्छ कहाँ लेखेको छ ?
जय जय मातृभूमि अभिमान साथ
स्वाभिमान ढल्नुपर्छ कहाँ लेखेको छ ?
ओझेलमा पर्दापनि मजा हुन्छ कैले
पवित्रदीप बल्नुपर्छ कहाँ लेखेको छ ?
(गुल्मी)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।