जिन्दगीको अदलबदलमा उनै छिन् मैले रच्ने हरेक गजलमा उनै छिन् ! छतमा आई सोध न बाटोको लम्बाई भुइँमा म, आलिसान् महलमा उनै छिन् । गास्, बास्, कपास् जोड्दा परिश्रममा बग्ने हरेक् पसिनाको खल्खलमा उनै छिन् । बिहानी, दिउसो, बेलुकी, रातिमा विपनी, सपनी हरपलमा उनै छिन् । सौम्य, उजाड्, शून्य, शान्त वा एकान्त भिड्भाड् होस् या चहलपहलमा उनै छिन् । काममा मस्त हुँदा, अति ब्यस्त हुँदा अनि फुर्सदिलो टहलमा उनै छिन् । (गुल्मी)