माघ १९, नेपालगन्ज ।
आख्यानकार ईन्द्रबहादुर भण्डारीको उपन्यास “देई” सार्वजनिक भएको छ छ ।
प्रतिभा साहित्य समाज खजुराले गत शनिबार आयोजना गरेको भव्य समारोहबिच पुस्तक विमोचन गरिएको हो।
शनिबार नेपालगंजको स्वस्तिक कटेजमा प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिब एवम् बरिष्ठ कथाकार सनत रेग्मीद्वारा बिमोचन गरिएको हो ।
समाजका अध्यक्ष शिशिर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समालोचक ईश्वरिप्रसाद रिजाल, पुष्कर नाथ रिजाल र मिना बरालले बिमोचित उपन्यासको समालोचना र विमर्श गरेका थिए ।
प्राज्ञ एवम् भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरि तिमिल्सिना, पुर्णिमा साहित्य समाज का अध्यक्ष कपिल अन्जान, बरिष्ठ साहित्यकार किरण आचार्य, महानन्द ढकाल, बोधराज प्याकुरेल, हरि सुवेदी, प्रभात सुबेदि, ऋचा लुँईटेल, सुमित्रा न्यौपाने, सागर गैरे, ऋषिराम सापकोटा, मित्रलाल सापकोटा लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा ६० जनाभन्दा बढी साहित्यकार तथा साहित्य अनुरागीहरुको उपस्तिथि रहेको थियो ।
विमोचित देई उपन्यास सांङ्ग्रिला प्रकाशन काठमाडौंद्वारा प्रकाशनमा आएको हो । कार्यक्रममा समाजकि उपाध्यक्ष चरित्रा शाहले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम सन्चालन समाजका सचिब जिबराज बमले गर्नुभएको थियो।
भण्डारीको यो चौथो उपन्यास कृति हो ।