नेपाल प्रज्ञा प्रतिष्ठानले २०७७ पौष २६ गतेदेखि पुस्तक प्रदर्शनी आयोजना गरेको छ ।
उक्त प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञाका प्रकाशित सवै पुस्तकहरू विशेष पुस्तक हुन् भनेका छन् ।
प्रतिष्ठानले २९९ औँ पृथ्वी जयन्जी तथा राष्ट्रिय एकता दिवसवका उपलक्ष्यमा प्रतिष्ठानका प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरु प्रदर्शनीको शुभारम्भ गर्दै कुलपति उप्रेती अगाडि थपे, ‘हाल साझा प्रकाशन र निजि प्रकाशन मार्फत सातै प्रदेशमा पुस्तकहरु पु¥याएर प्रज्ञाको गरिमालाई ध्यानमा राखेर हरेक नेपालीहरुको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउन आफू लागिरहेको बताउँदै प्रतिष्ठानले पठनीय संस्कृतिको विकास, बिक्रि प्रबद्र्धन र लेखक र पाठकको जम्काभेटका लागी लेखक, प्रकाशक र पाठकको त्रिकोणात्मक भेट हुने थलो भनेको पुस्तक प्रदर्शनी स्थल हो ।’
उप्रेतीले यस्ता आवधिक प्रदर्शनीले पुस्तक प्रेमीहरूको उलेख्य सहभागिता हुने विश्वास समेत व्यक्त गरेका छन् ।
वि.सं. २०१५ सालदेखि कालीदासको रघुवंश महाकाव्य, सोमनाथ सिग्द्येलको सिद्धान्त कौमुदी, कुलचन्द्र गौतमको कविता राघवालङ्कार देखि वि.सं. २०७७ सालसम्म आउँदा दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेका दर्शनावली भाग ७, काव्य विमर्श र नेपालका जातिय संस्कार खण्ड १,२,३,४,५ र ६ जस्ता हजारौ संख्यामा पुस्तकहरू प्रकाशन भइसकेका छन् । प्रज्ञाको भानुभक्त कक्षमा पौष २६ गते देखि सुरु भएको उक्क्त प्रदर्शनीमा प्रज्ञाले २०३० साल देखि २०७७ पौष तेस्रो सातासम्मका प्रकाशन भएका पुस्तकहरू बिव्रिmमा राखिएको छ । धिमाल लोक जीवन अध्ययन, कार्वोनिक रसायन शास्त्रका पुराना पुस्तक र नेपाली बृहत् शब्दकोश परिमार्जन सहित दशौं संस्करण समेत प्रदर्शनी समावेश गरिएको छ ।
नव रसका धारा प्रवाह गर्ने धेरै संख्याका पुस्तकहरू एकै ठाउँमा आरामसँग हेर्न, पढ्न र मन परेका पुस्तकहरू छानेर किन्न पाइने हुँदा आपूm यस प्रदर्शनीमा अवलोकन गर्न आएको र यस्ता प्रदर्शनीबाट आपूmजस्तै धेरै पुस्तक प्रेमी र अनुरागीहरूलाई फाइदा पुगेको र यसले प्रदर्शनी सार्थक भएकोमा पुस्तक प्रेमी तथा नेपाली विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजीव ढुङ्गानाले खुसी व्यक्त गरे ।
‘प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान,अनुवादका र दर्शन सम्बन्धित धेरै पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य थायभू आँगन लगायतका धेरै विषयका पठनीय अति उपयोगी झण्डै ४६५ वटा पुस्तकपत्रपत्रिकाहरू प्रदर्शनीमा समावेश गरिएको र नयाँ थप पुस्तकहरु लोकवार्ता विवेचना,तुफुका कविता, वोटे भाषाको व्याकरण, मातृभाषा साहित्यको इतिहास, विश्वप्रख्यात नारीका कथाहरु र प्रज्ञा नेपाली समालोचना, प्रज्ञा मैथीली नेपाली शब्दकोष, चीनका प्राचिन कथा ,अमरकोश प्रज्ञा भोजपुरी नेपाली शब्दकोष, पाकिस्तानी महिला लेखन ’जस्ता ४० भन्दा बढि पुस्तकशरु प्रदर्शनीमा रहेको प्रतिष्ठानका सदस्य सचिव डा.जगत प्रसाद उपाध्यायले जानकारी गराए । सचिव उपाध्यायका अनुसार ‘नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्गेजी शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको र प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७७ सालसम्मका पुस्तकहरूमा ४० प्रतिशत छुटको व्यवस्था रहेको जानकारी समेत गराए ।
प्रदर्शनी व्यवस्थापक सुधिर ढुङ्गेलले ‘माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रु. ३ देखि नेपाली बृहत् शब्दकोशको रु १८९५÷– सम्मका पुस्तकहरु प्रदर्शनीमा राखिएको बताउँदै यस प्रदर्शनीभन्दा अघिका प्रदर्शनीमा बढी साहित्यका अनुसन्धान विद्यार्थीहरु पुस्तक किन्न आउने गरेका, बाल साहित्यका समावेश धेरै पुस्तकहरु विक्री भएको र दैनिक ३०० सयभन्दा बढी पाठकहरु पुस्तक प्रदशर्नी अबलोकन गर्न आउने र दैनिक रु २०,००० भन्दा बढीका पुस्तकहरू बिक्री हुने गरेको समेत ढुङ्गेलले जानकारी गराए । साथै उनले यस प्रदर्शनीमा पनि पाठकको उल्लेख्य सहभागिता बढिरहेको जानकारी दिए ।