सरकार हामी उखु खुवाउने श्रमिक हो
र हामिहरुलाई रुवाउने हाम्रै मालिक हो
यो सत्तामिश्सि बास्सा राजा कोहि पनि कै हैन
ऐकिक हो मुलुकमा सबैभन्दा ठूलो नागरिक हो
मेरो यो मनोरोग कैले पनि निदान भएन
मेरि आफ्नै प्रेमिका महान् मनोबैज्ञानिक हो
विद्वानहरुद्वारा दुईवटा लोजिक निस्कियो
तर, था छैन कुन ठिक हो र कुन बेठिक हो
यो देश, सरकार साहु र सहर अर्कैको रहेछ
था भो यो गाउँ बाउ र माउ मात्रै मौलिक हो
किरा र धमिरा दियोमा हिरा र खुसी खोजिरहेछ
थाहै छैन आफु सकिदै गरेको उस्कै नजिक हो
यो दुनियामा देवता र यो देसमा सरकार छ र !
छ भने त्यो माटो र मरेको मान्छेको शालिक हो
सरकार हामी उखु खुवाउने श्रमिक हो
र हामिहरुलाई रुवाउने हाम्रै मालिक हो ।
(रतुवामाइ,मोरङ्ग)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।