विश्ववन्धुत्वलाई हेप्छ मरुभूमिको त्यो सिंह र युगलाई रुवाउछ । आमा ! सेतै फुलेको हिमालमा मुस्कुराउदा टेक्छिन् पाइला धान झुलेका फाँटहरुम स्वाभिमानीको शिर सधै ठाडो हुन्छ चौडा छाती बनाएर उठ्छन् धर्तीका लेक र थुम्काहरु इतिहासदेखिका घातीहरु डरले थुरथुर काम्दै देशको माटोमाथि जसअपजसका भजन गाउछन् । उसैले भनेको लौ, भोलि झुपडिको मैरोमै बिहानै झुल्केघाम पुग्छ र अगेनोको छेउमा देशसँगै बसेकी आमा उज्याली हुन्छिन् झुल्केघाम उतै पुगेछ र आफै उज्यालिएछ देश त उही मैरोमा आमासँगै सुतिरहेछ भाषणेहरु देशलाई बाजी थापेर आफैसँग सिंगौरी खेल्छन् हावामा जङ्गे खम्बा ठड्याउछन् अनि खेल्छन् जुहारी देशका साँध र सीमाहरुमा शान्ति खल्बल्याउन दक्षिणतिरको आोढारमा एउटा सिंहको बास छ । (पश्चिम रुकुम)