नाटक अनेक गर्छन् आफ्नै बनेर कोही धस्छन् छुरा नजिकमा हाँस्दै बसेर कोही ।। सम्पत्ति भन्नु हाँसो मात्रै भएर होला मुस्कान खोस्न खोज्छन् पीडा थपेर कोही ।। घरमा विवाद सानो पर्नै हुँदैन कहिल्यै ताली बजाइ जात्रा हेर्छन् लुकेर कोही ।। बस्दैन नित्य कोही साझा थलो भनेर हो, स्वार्थ बाझिएमा जान्छन् फुटेर कोही ।। देखेर यो जमाना छक्कै परेँ म साथी घिउ पो निकाल्छु भन्छन् पानी मथेर कोही ।। (लमजुङ)