छेउको मान्छेबिचमा पुग्छ पुग्छ एक दिन
धुलोबाट पिचमा पुग्छ पुग्छ एक दिन !
कतिन्जेल रमाउला र पराजय पनि
हारबाट जीतमा पुग्छ पुग्छ एक दिन !
संघर्षको बाटो यो छिचोलेपछित
हेयबाट मितमा पुग्छ पुग्छ एक दिन !
आफैं कस्छ लगाम यो नयाँ बिहानीले
छाडाबाट रीतमा पुग्छ पुग्छ एक दिन !
(सर्लाही)