१९ अक्टोवर, बोस्टन, अमेरिका ।
सिर्जना उत्सव, बोस्टनले आइतबार जुम प्रविधि मार्फत “कवितामा दसैँ” कार्यक्रमको आयोजना गरेको छ ।
अमेरिकी पूर्वीय समय अनुसार रातिको ९.४५ बाट सुरु भएको कार्यक्रम करिव ४ घन्टासम्म चलेको थियो । कार्यक्रममा कविहरूले बिजया दशमी- २०७७ को शुभकामना ब्यक्त गर्दै सिर्जना वाचन गरेका थिए ।
ई-नेप्लिज र रेडियो हिमालयनबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कवि मञ्जुल, किशोर पहाडी, कृष्ण कुशुम, पुरु सुवेदी, आरएम डंगोल, निलम कार्की निहारिका, सन्ध्या पहाडी, गीता कार्की, नारायण अधिकारी, सुदीपभद्र खनाल, सुष्मिता नेपाल, मोदनाथ सादा, छविरमण सिलवाल, डा. काशीराज पाण्डे, सोमनाथ सुवेदीलगायतले सिर्जना वाचन गरेका थिए ।
यसैगरी चेतनाथ धमला , सतिश त्रिपाठी, गंगा लिगल, लालगोपाल सुवेदी, नवीन उप्रेती, सुभद्रा पराजुली, हरिलाल शर्मा, पवन लामिछाने, केशवराज ज्ञवाली, सिर्जना शर्मा, सर्वज्ञराज पौडेल, उर्मिला पन्त, रश्मी रिमाल, बिकास चित्रकार, जानुका ढुंगेल खनाल, शशी थापा पण्डित, शर्मिला पोखरेल, अनुजा घिमिरे, विजया सिंखडा, राम शरण हुमागाई, रोजा वली, राधिका कल्पित, राधिका गुरागाईं, अग्नि पराजुली, नुहाङ राई, इमानु राई, राजेश क्रान्तिकारी, सर्वज्ञ वाग्ले, डा मुकुन्द पथिक, पुष्कर बराल, महेश्वर पन्तलगायतले पनि कविता, गीत, गजल र मुक्तक वाचनसहित शुभकामना व्यक्त गरेका थिए ।
सतिश चापागाईंको बहुचर्चित कविता “विमानस्थलमा बा” को श्रव्यदृश्य र पदम बिश्वकर्माको सांगीतिक दसैँ गजल प्रस्तुत गरिएको कार्यक्रममा बोस्टनका चर्रित सारंगी वादक सुशिल गौतमले मालश्री धून पनि पस्केका थिए ।
महेश्वर पन्तको प्राविधिक संयोजन रहेको उक्त कार्यक्रममा दीपा राई पुनले कविता वाचनसहित अतिथिको स्वागत गरेकी थिइन् भने ममता कर्माचार्यले धन्यवाद ज्ञापन गर्दै सिर्जना प्रस्तुत गरेकी थिइन् । कार्यक्रम गोवर्ध्दन पूजाको संयोजनमा आयोजना गरिएको थियो ।