एकचोटि
घरमा हजुर आमाले
बाकसबाट मुसाले पैसा खायो भन्दै
मछिट्टो सुनाउनु भयो
मुसाको लागि
तर कहिले पनि
मुसा मछिट्टोमा परेको हैन
मेरि सोझी हजुर आमालाइ के थाहा ?
पैसा खाने मुसा
मुसा नभएर
म थिएँ भन्ने।
मेरा हजुर बा
कथा सुनाउदै भन्नुहुन्थ्यो
गाउँभरिका धान गहुँ
मुसाले केही राखेन ला ब्वा भन्दै
मेरा सोझा हजुर बालाई के थाहा ?
धान खाने मुसा
मुसा नभएर
उतिबेलाका मुख्या हुन भन्ने,
उति बेलाका पन्चे हुन भन्ने ।
म दस कक्षा पढ्दैगर्दाको कुरा हो
गाउँ बिकास समितिमा
लेखा प्रणालीका भौचर
मुसाले खायो भन्ने हल्ला खुब चल्यो
सोझा गाउलेलाई के थाहा ?
भौचर खाने मुसा
मुसा नभएर
गाविस अध्यक्ष हो भन्ने ।
छयालिस सालतिर बहुदल आयो
देसभरि हल्ला चल्यो
सिंहदरबारका मुसाको
भागाभाग हुँदै छ भन्ने गाउँगाउमा
बतास नै चल्यो
सोझा देसबासीलाइ के थाहा ?
सिंहदरबारका मुसा भागेका होइनन्
सिंहदरबारमा मुसाको
ब्यबस्थापन भएको हो भन्ने ।
दस वर्षे जनयुद्ध भयो
बाइस दिने जन आन्दोलन भयो
निरङ्कुश तानाशाही सत्ता फालियो
राता मान्छेहरु
झुपडीका मान्छेहरु
सहरका मान्छेहरु
दुरदराजका मान्छेहरु
खुशीका प्याला थप्न थाले
ओँठभरि
अनुहारभरि
अब दुखका दिन गए भन्दै
मुक्तिका गीत गुन्जिन थाले
सहरभरि
गाउँभरि
बस्ती बस्तीभरि
त्यो खुसीमा
मुसा घुसेको पत्तै पाएन
सोझा जनमानसले
काला मुसा
खतरानाक हुन्छन भन्थे
राता मुसा
झन बिषाक्त हुँदा रहेछन् ।
आसैआसमा आसक्त भएका
आसा मरेका
श्रमजीवी जनताहरु
देशले संविधान पाउँछ
हक अधिकार स्थापित हुन्छ भन्ने
झिनो आसामा
संविधान पाउँ भनी
हरेक दन दियो बालिरहे ।
संविधान आयो
देशैभरि हर्ष र उल्लास मनाइयो
बिचरा सोझा जनतालाई के थाहा
संविधानको बुइ चढेर
असंङ्ख्य मुसाको सवार भएको
यस्का उपधारा, धारा, भाग, अनुसूचीभित्र
जनताका हक अधिकार नभएर
मुसाका सालासाली ज्वाइँ भिनाजु
आदिआदिका
बायोडाटा छापिएका छन् ।
तपाईं जहाँसुकै जानुहोस्
अड्डा अदालत
वडा कार्यालय
प्रहरी कार्यालय
प्रदेस सभा
संघीय सभा
मुसै मुसाको
रत्यौली देख्न सक्नु हुनेछ
मुसै मुसाको रजाइ देख्नु हुनेछ
जस्ले भित्रभित्रै चपाइरहेछन्
सिंहदरबारका वार्षिक बजेट
नेसनल ट्रेडिङका नाफाका प्रोजेक्ट।
एक दिन तपाईं
मुसा बिल गेट्स भएर
बाहिर निस्केको देख्नु हुनेछ
अचम्म पर्नु हुनेछ
आफैलाइ भ्रम मुक्त गर्नु हुनेछ
र एकै स्वरमा भन्नुहुनेछ
यो त मुसै मुसाको देस रहेछ ।
(कैलाली)