स्वाभिमान लुटिरहेको छ नेताको अक्कल बाट,
शासन चलाउन पठाएका छौँ छानेर पागल बाट ।
आज देश बेच्नेलाई फुलमाला लगाएर सम्मान गर्छौ,
जस्लाई सम्मान गर्नु पर्ने रहेछ जुता चप्पल बाट ।
बजारमा पैसाले सबथोक किनेर ल्याउन सकिन्छ,
गरिबको गुजारा कसरी चल्छ राहतको चामल बाट ?
हामिले अरु सब किन्न बिदेशीको गुलामी गर्नु पर्छ,
मेरो देशको नागरिकता किन बेचिन्छ पसल बाट ।
(दैलेख)