कति ढले कति उठे हिसाब बाकी छ!
ढल्नेहरुको तस्वीर तखता माथि छ!
जरैदेखी उखेलेर मनभित्र सारेको हुँ !
हारमा पनि मुस्कुराउने मेरो बानी छ !
उठनुपर्छ तिमी पनि समुद्रको ज्वार झैँ !
सारा संसार जता देख्छु पानी पानी छ !
खै किन फूल्ने गर्छन् गमलामा फूलहरु !
बगैंचामा आहाँ सुन्दर! फूलको रानी छ !
हृदयको माझामाझी को रहेछ खै कुन्नि !
आखाबाट बग्छ आँसु दिलमा खानी छ!