साहित्यकार शान्ति शर्माको कथासङ्ग्रह ‘ग्रिन टावेल’ सार्वजनिक भएको छ ।
कथासङ्ग्रह असोज १० गते सम्पूर्ण किताब नारायणगढको आयोजनामा एक समारोहबिच सार्वजनिक भएको हो ।
एल. वि. क्षेत्री, सुरेन्द्र अस्तफल र गायत्री श्रेष्ठ लगायतले सामुहिक रूपमा पुस्तक सार्वजनिक गरेका थिए ।
सार्वजनिक कार्यक्रममा एल. वि. क्षेत्री, सुरेन्द्र अस्तफल, गायत्री श्रेष्ठ, उदय अधिकारी, बसन्त पराजुली, बालकृष्ण थपलिया, यस घिमिरे, एकनायरायण पौडेल, राजेश शर्मा र लेखराम सापकोटा लगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
कृतिमा सामाजिक विषयवस्तुमा लेखिएका चौधबटा कथा सङ्ग्रहित छन् ।
पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।