बगरको ढुंगाले मात्र बुझ्न सक्छ नदी बहाबको पीडा,
त्यसरी मैले बुझ्न सक्छु तिम्रा शब्द र जवाबको पीडा ।
श्रीमान ! तिमी श्रीमान हौ, अनुमान मात्र गर्न सक्छौ,
मैले महिनौ जसो बगाइरहने रक्तस्राबको पीडा ।
एक समय थियो हाँसो खुशी उमङ्ग सबै सबै थियो,
अहिले सबैतिर भोगिरहेछु अभाबै अभाबको पीडा ।
हर समय स्वार्थका पछि मात्र किन लागि रहन्छौ,
कहिले त बुझ्ने गर मेरो माया अनि लगाबको पीडा ।
उनी आमा हुन मुख हेरेर सजिलै बुझ्न सक्छिन्,
मेरो हाँसो पछिको खुसी अनि तनाबको पीडा ।