लिमी
अनकण्टार भूगोलको
काप कापमा च्यापिएको मानवता
भग्न नग्न परिवेश छ
भूगोलको पत्रदल र पुकेशरमा फुलेको छ
हिउँ !
लिमीको शाब्दिक अर्थ दोभानको गाउँ भए पनि कालान्तरमा आएर यो शब्द आञ्चलिकता जनाउने शब्द बन्यो । हाल लिमीमा तीन गाउँहरू जस्तैः जाङ, हल्जी र तील रहेका छन् । यहाँका बासिन्दा पहिला अब्बल पशुपालक भए पनि अहिले त चीरु र फुरुका व्यापारी बनेका छन् । हिउँ र लिमी एक आपसमा पर्यायवाची शब्दका रुपमा चिनिएका छन् । किनकी लिमी छ महिना हिउँको सेतो च्यादरमा समाधिस्थ हुन्छ । र त यो हिउँभित्रको अनमोल, अनौठो, अद्भूत, अलौकिक मानवस्ती हो ।
चीरु र फुरु
भोजपत्रको तह र्झै
लिमी गाउँको ।
बाहिरबाट जाने मानिसहरूका लागि यहाँका सबै कुराहरू अनौठो लाग्दछन् । उच्च भूगोलभित्रको यो मानववस्तीमा न त सञ्चार छ न त सरकारको कुनै निकाय छ । यहाँ अहिले पनि नागराजको पालादेखि अन्तिम खश राजाले पञ्च छाप लगाएको रीतिथीतिहरूबाट नै यहाँको समाज चलेको छ । वर्षको एक पटक कार्तिक महिनामा लिम्यालहरूको सामुहिक कचहरी बस्छ । एक वर्षका लागि गाउँको रेखठेकको बन्दोवस्त, गुम्बाहरूमा पुजाआजाको व्यवस्था, बाटोघाटो, पुलपुलेसा तथा अन्य कामहरूको बाँडफाड गर्ने गरिन्छ ।
खण्डित भावनालाई सँगालेर
सदियौदेखि प्रतीक्षारत छ
ल्हेम्हे अर्थात लिमी ।
हुम्लाको उत्तरी दुर्गम क्षेत्र हो– लिमि ! तिव्वतको सिमानामा जोडिएको यो प्राकृतिक जेल मानिएको छ । प्रायः कातिकदेखि जेठसम्म यस ठाउँको हिमपातले गर्दा सदरमुककाम र वरपरका छिमेकीगाउँसँगको सम्वन्ध विच्छेद हुन्छ । यो आठ महिनासम्म बाहिरी सम्पर्क नहुनु भौगलिक विकटताले सांस्कुतिक विविधता जम्माएर पनि विश्व सञ्चारग्राम बन्दै गरेको समयमा यो एक चुनौति पनि हो ।
हिमरेखाको समानान्तरमा उभिएको
जाङ
हल्जी
तील हयूलहरू ।
कालान्तरमा हिमाल वारपार व्यापारको आधार स्तम्भ बनेको लिमी पशुपालन व्यवसाय वस्तुविनिमय प्रणलीको मुख्य स्थान मानिन्थ्यो तर चिनको बढ्दो आर्थिक प्रगतिको चेपुवा र साम्यवादी शासनको प्रभाबमा उक्तव्यवसाय र त्यो व्यापार प्रणाली धराशायी भएको छ । त्यसपछि तिब्तसँग जोडिएका उर्वर र पोषिला चरन क्षेत्र पशुवस्तुको लागि निषेधत भएपछि लिम्यालहरूको जनजीवनमा भुँइचालो गयो । नयाँ व्यवसायको खोजीतिर लाग्न वाध्य भएका लिम्यालहरूले चीरु र फुरुतिर हात लम्काए । यो एक खोजी भए पनि सबै लिम्यालका लागि यो सम्भव भने छैन ।
भोजपत्रका पत्रदल झै
उन्मादित आशाका लहर छन्
प्रकम्पित पीडाका कहर छन्
प्रफुस्टित यौवनका लहर छन् ।
प्रत्येक लगभग आठ महिना प्राकृतिक जेलको भौगलिक कथा र व्यथालाई थाति राखेर बुढा आमा बावु अशक्त र कमजोर बुढावाटुलाको शारीरिक, मानसिक र आर्थिक सम्पन्नताको स्तर कायम राख्नको लागि ऊँ मणि पद्मे हुँको सामुहिक पुजाआजामा टसि र खादा लगाएर विदेशिने युवक र आफन्तको भेट हुने नहुने कुरा भाग्यको खेलमा विश्वास गर्छन् लिम्यालहरू । सीप छ जोस जाँगर छ तर काम छैन अरुको ठाउँमा गएर काम गरि घर फकनु पर्छ । के गर्ने फुरु कोर्ने टक्पा हर्थात सिपालु हुँ चित्रकार र सिकर्मी पनि अरुको अवस्था ज्यादै खराब छ । हो धेरै हिमपातले गर्दा ६ महिनाका लागि खाना, पानी दाउरा रचर्पी सवैभित्रै व्यवस्था गरेर ढुगांका अविचल मूतिसँग सजीव मूर्ति एककार हुन । के एक्काइसौं शताब्दीको नारामा उनले शहरी समाजमाथिको उपहार है न र ?
उफ ! निन्जे निन्जे अर्थात विचरा लिमी
चिरु र फुरुको कुरुमा रुमलिएको
आकास र पाताल खोज्दैछ लिमी
तराजुको सन्तुलन नमिलेको झैं ।
हिमालपारि एकान्त उपेच्छित गाउँलाई निषेधित पर्यटकीय क्षेत्रमा राखेर सरकारले आलो घाउको पुरानो व्यथामा झन नुनचुक छकर्ने काम गरेको त छैन ! र यसरी वर्षौ वर्षको व्यवसायले एकातिर कि रुइँ दुईको लोक काव्यांशमा दरार पारेको छ । अर्कोतिर वालवालिका वृद्धालाई समान गर्ने समयमा शारीरिक र मानसिक तनाव उत्पन्न गराउनु प्राकृतिक जेलभित्रको सरकारी लापरवाही हो । सदरमुकाम सिमकोटबाट ५० कोष टाढा लिमीमा जान न्यालु, नारा मानेपाने, लाङदक, लाग्न जहाँ १९ हजारदेखि २४ हजार फिटका हिमाल हिउँदमा चढ्नु भनेको त काललाई काखी च्याप्नु हो । भन्दै बाक्लो च्यालाक, बक्खु देखाएर चिसोको व्यथा चिसा चिसा पहरासँग मात्र पोख्न सकिन्छ । यहाँ चौरी, याक, घोडा, भेडा, बाख्रा कम मात्रामा पालेर फुरु चिरु आदिको व्यापार गर्ने र अरुमा आकास पातालको आर्थिक विषमता छ । वर्षमा तिव्वतको तलाखारा पुराङमा काम गेरर सबै कुराको व्यावस्था हुन्छ । तर विकास सरकारी गतिविधि लिमीमा शून्य रहेको छ ।
प्राक् बिम्वको विहार
स्वथ ताजा छ चाहार
सम्पदाको छ मुहान
खुला शिकारी आहार ।
लिमी प्राकृतिक जेल मात्र नभएर हिमालयको मनोरण प्रतिविम्व भएकोले सांस्कृतिक विविधताभित्रको अनौलिक सुन्दरता बोकेको आभुषण हो । यसलाई पर्यटन ीथल बनाई नेपाली अर्थव्यावस्थाको आम्दानीको स्रोत बनाउन पशुपालन, प्राकृतिक सुन्दरता, सञ्चार, स्वास्थ्य, विजुली आदिको समुचित विकास गरि सरकारको गतिशिल उपस्थित गरेमा वर्षको एक पटक फसल पाक्ने स्थान बाह्रमहिना आयश्रोत प्राप्त हुनेछ । यसबाट कैलास मानसरोवरको दृश्यावलोकन गर्ने अनेकौ स्थानिमित प्राकृतिक अवलोकन चुचुर, दह, खोलानालाको प्रयोग हुन सकेको छैन । यदि सरकारी निकायले चिनिया सरकारसँग वार्ता गरेर चरनको समस्या हटाउने काम गरेमा मात्रै विकास अर्थ व्उावस्था माथि उठ्ने छ । हिउँदको समयमा नेपाली पशुवस्तु चिनियाँ भूभागमा जान नपर्ने र पठाए पनि आवाश्यक कर तिर्नुपर्छ । तर वर्षाको समयमा चिनियाँ पशुवस्तुहरुले निर्वाध रुपमा नेपाली चरन क्षेत्र वषौदेखि प्रयोग गरिरहेका छन् ।
प्रत्येक संस्कारसँग अनुभवको गाथा छ
प्रत्येक धड्कनसँग व्थथाको कथा छ
प्रत्येक व्यतिसँग ताको नाता छ
प्रत्येक समस्यासँग लाको खाता छ ।
लिमी पुग्न सदरमुककामबाट ५/६ दिन कठिन पैदल यात्रापछि पुगिन्छ । यदि सरकारले चिनियाँ सरकारसँग वार्ता गरेर तालाखार खासा आवत जावत खुला गरेको खण्डमा लिमी वासिलाई सुविधा र हिल्सा सिमकोट मोटरबाटो पूर्वाधारको एक सबल बाटो हुन सक्छ तर यो अन्र्तराष्ट्यि राजनीतिक बाधा रहेको छ । लिमी लगायत हुम्लाको उत्तरी क्षेत्र प्राकृतिक जेल मात्र नभएर विकासको नेल अर्थ तेल र्भरनेपाल नेपालीको हुन नागरिकता प्रमाणपत्रको पूर्जामा मात्र सीमित हुन नपरोस् । सरकारी उपस्थिति र चासो बढोस् लिम्याल र हुम्लीको चाहना पुरा गर्नु पर्नेछ भन्ने आह्वान लिम्यालहरुको रहेको छ । तब मात्र लिमी लामाको ऊँ पद्यमे हूँ मन्त्रको शव्दोचारण नेपालभरि गुञ्जनेछ ।
सजीव मानवताको रिन्पोच्छे उभिएको छ
प्रत्येक युग युगमा जन्मने
रिन्छने जाङ पोका धड्कनहरू
रिन्छेलिन गुम्बा बन्छ ।
हिउँ अर्थात पानीसँग लिमीका बासिन्दाहरूको नजीकको नाता छ । उच्च हिमाली भेग भएकाले हिउँद यामका लागि हिउँ नै खोलानाला माथिको साँघु बन्छ भने बर्षा याममा हिउँ पग्ले पानीको यात्रासँग त्यहाँका घोडा, याक तथा चौंरी गाईहरू यात्राका साथीहरू बनेका छन् । जहाँ एक मान्छे एक घोडाको चलन रहेको छ । एक घोडामा एक मान्छेका लागि चाहिने आधारभूत वस्तुहरू राखेर यात्रा गरिन्छ । यसैले लिमीका लागि पशुवस्तुको महिमा धेरै छ । यो क्षेत्र खश साम्राज्यको एक आधार खण्ड जडानको महत्वपूर्ण भाग भएकोले यसको ऐतिहासिक स्थान रहे पनि खोजकर्ताहरूको अभाबमा यहाँका बहुमूल्य सम्पदा छरपष्ट रुपमा रहेका छन् ।
(हुम्ला)