एउटै भुगोलमा विभेद देखाएर यो के गरेको ?
कतै अँध्यारो कतै उज्यालो बनाएर यो के गरेको ?
यतिखेर बाँच्ने आधार सवथोक वन्द गरेर
मात्र, मान्छेको आयु र समय चलाएर यो के गरेको ?
बा लाई बाँचुन्जेल लाज ढाक्नै धौ धौ पर्यो
चितामाथि मुर्दा शरीर सजाएर यो के गरेको ?
रिस पोख्नकै लागि माहुरी ज्यान फालेर टोक्छ
उसैलाई बुध्दिजीवीको दर्जा थमाएर यो के गरेको ?
कि हाकाहाकी माग्नुहोस् कि काम गरिदिनुहोस्
म अनपढलाई जिब्रो चपाएर यो के गरेको ?