पानी बनि बगीदियौ बादलमै छाडी मलाई
आँसुसँगै झरिदियौ गाजलमै छाडी मलाई
संगीतको धुन थियौ, मेरो आफ्नै गीत थियौ
तालसँगै हराईदियौ, मादलमै छाडी मलाई
युगौँयुग्को मायाँ थियो, नमेटिने छायाँ थियो
अचानक साथ छोड्यौ, पागलमै छाडी मलाई
जीन्दगीको मीठो निद्रा, निदाउनुथ्यो तिमीसँगै
स्वप्न झैँ बिलाइदियौ, आँचलमै छाडी मलाई
सँगै जिउने सँगै मर्ने, तिम्रो मेरो कसम थियो
आखिरमा कस्लाई पुज्यौ ? भाकलमै छाडी मलाई
Adarsh Khatri
Sydney, Australia