गरिब भएपनी, भिक माग्न परेको छैन एकदिन कमाउछु, म अझै मरेको छैन थाहा छ मलाई, तिमी महलमा बस्छौ, म पनी त, सडकमा बास गरेको छैन टालेको लगाउछु, सिस्नो खोले खान्छु , तर मान्छेहरुको,नजरबाट झरेको छैन पसिनाले कमाईले, सधै सन्तुष्टी दियो, जता सुख छ, म उतै उतै सरेको छैन Read more
धेरै वर्षपछि ब्युँझिएको म हेर्दै बाजेको अस्थिपञ्जरमा नियतिको क्रूर मजाक उभिएको छु चौबाटोमा खोज्दै लुटिएको धनुषकाणमा सभ्यताको प्रथम आवाज लगाउँदै कोम्बीमा धार फेरि आइपुगेको छु उही ठाउँमा जहाँ बज्ने गर्छ साकेन्वाको आदिम धुन जहाँ बग्ने गर्छ लोरीका लयहरूमा मुन्धुमको विस्मृत कथा । नाच्ने गर्छ अझै पनि स्मृतिको सुदूर सन्नाटामा धुजाधुजा Read more
हो, यहीँ कतै रोपेको थिएँ मैले सपनाको बिऊ गर्दै उकाली ओराली गाउँ बेसीका हृदयभरि सजाएर सुनगाभा जीवन फुलाउने सपना सजाएको थिएँ र खोस्रेको थिएँ यिनै पहराहरू बगाएर पसिनाका अजस्र धारा सिँचेको थिएँ सपनाका पख्य्रानहरू । पुर्खाको थातलाई भाग्यसँग जोड्दै म खोज्दै थिएँ जीवनको अर्थ यहीँ कतै र निरुत्तर निरुत्तर मनलाई Read more
म फेरि आइपुगेको छु जेलर तिम्रो यो बन्दीगृहभित्र घरि लछारिएर र घरि पछारिएर घरि कुटिएर र घरि कुल्चिएर म फेरि ल्याइएको छु यहाँ तिम्रो आश्चर्य यो हाँसो साक्षी रहनेछ मेरो र तिमीले फेरि गर्नेछौ मेरो सीदाको व्यापार आश्चर्यचकित छौ हैन ? तिम्रा उचालिएका आँखीभौंहरुले सोध्न खोजेको प्रश्न मैले बुझेको छु Read more
जसरी गोधुलीको पूर्व सन्ध्यामा झुल्किन्छन् एक हूल ताराहरू ठिक त्यसै गरि– मान्छे नजन्मिदै जन्मिन्छ सपना बाबुआमाका रहर र चाहनासँगै बर्षहरु खाएपछि हुर्किन्छ सपना क्रमशः बालक, किशोर र जवान भएर तन्नेरीसँगै कलेज जान्छ सपना कुनै सपना अधुरै हुन्छ र रहन्छ दागी लागेर पढ्नै छोडेको विद्धार्थी जस्तो । कुनै उच्चतहको प्रमाणपत्र बोकेर Read more