केलाउँछौ बोडी न पुग्छ तिमीलाई, न मलाई। खुवाउन छोडी न पुग्छ तिमीलाई, न मलाई। बोली काट्न नसक्नु, ठूलो कमजोरी रह्यो ! वचन तोडी न पुग्छ तिमीलाई, न मलाई । कोही प्रति आस्था वा विश्वास गर या नगर ! नसमाई गोडी न पुग्छ तिमीलाई, न मलाई। कछुवाको गतिमा, अगाडि बढौला नेप्टी! Read more
धन भन्दा बिद्या ठूलो भन्ने आधार छ, तर पनि पैसामै अडिएको संसार छ। धन पनि क्षणिक, यो जीवन पनि क्षणिक, खै, किन हो तिम्रो वजनमा अहंकार छ। कति कुरुप बनाइदियो पैसाले मानिसलाई, न कसैमा दया छ, न त मनमा प्यार छ। छ त यहाँ केवल प्रतिस्पर्धाको भावना, दुनियाँलाई त जितौला Read more
थाहा छ ढुंगालाई, ढुंगाले पनि फुटाउन सक्छ सम्बन्ध घन जस्तै होस्, कस्ले टुटाउन सक्छ। आँखाभरिको आँसु, मलाई उपहारमा पठाउनु मुहारमा खुशी देख्नेले इज्यत, लुटाउन सक्छ। जसले जीवनमा सम्बन्धको पाठ, धेरै सिकाए ! उसैले फक्रेको प्रेमजोडीलाई, छुट्याउन सक्छ। जीवनको सबैभन्दा ठूलो उपहार, साथी सम्झे ! शत्रुले विश्वास गर्दैन, साथीलाई कुटाउन सक्छ। Read more
अर्थशास्त्रको विद्यार्थी छँदा बारम्बार घोकेको वाक्यांश थियोः भिसिअस साइकल अफ पभर्टी । अर्थात् गरिबीको दुश्चक्र । सहरमा विकासका बहसहरू चल्दा गुमनाम हुने ‘कर्णाली’ गरिबीको उदाहरण दिँदा भने सबैभन्दा पहिले आइपुग्थ्यो । गरिबी र कर्णाली पर्यायवाची शब्दजस्ता लाग्थे । कर्णालीको गरिबी विकासका अँध्यारा पानामा अभिलेखित मात्र थिएन कर्णाली क्षेत्रका मनमुटुबाट ओकलिने Read more
असजिलो छ छोरीमान्छेको जीवन । छोरी बाको बन्धन, विवाहपछि पतिको बन्धन । पतिपछिको बन्धन छोराको । सामाजिक पोयाको कठोर बन्धन त झन् कसिएकै हुन्छ निरन्तर । पुरानो समय नजन्मिउन्जेल नछोरा नै हो कि ! आमाप्रति थोरै सद्भाब रहन्थ्यो । अचेल त प्रविधिले पहिल्यै देखाइदिन्छ के हो ? छोरी भनेपछि आमाको Read more
१ नक्कली डाक्टरको भर पर्दिन् भन्नुभयो बाले उसको प्रयोगशालामा मर्दिन् भन्नुभयो बाले गरिवले मर्दा नि कर तिर्नु पर्ने यो देशमा भो उपचार अब गर्दिन् भन्नुभयो बाले ।। २ बैंकले धितोमा घर खेत लिएर पठाएको छ डाक्टरले अन्तिम मिति दिएर पठाएको छ कसरी भनोँ मैले यी सबै कुरा आमासित परिस्थितिले मुख Read more
गोडि हिँडे त्यैपनि माया बसेछ मोडि हिँडे त्यैपनि माया बसेछ । एकछिन थाकेर बसेको सिँयाल छोडि हिँडे त्यैपनि माया बसेछ । प्रेमिल जोडी भइ छाता भिजेर ओडि हिँडे त्यैपनि माया बसेछ । गाउँ सहरमा बटुलेको मिठास तोडि हिँडे त्यैपनि माया बसेछ । छैन जरूरत अब सामान भनेर फोडि हिँडे त्यैपनि Read more
जनै तागाधारीको सबभन्दा बलियो प्रमाणपत्र हो । प्रमाणपत्र मात्र हैन, प्रमाणै हो । जनै छैन भने उसको जात पनि छैन । काँधमा जनै छैन भने बाहुनक्षत्री जस्तो ‘चोखो जात’ हुँ भन्दैमा कसले पो पत्याउँछ र ! हैन कसैलाई जातभातको मतलबै छैन भने त यी सब कुरा किन चाहियो Read more
घरमा तिनलाई हेला भए बेग्लै हो बीच बाटोमै अबेला भए बेग्लै हो । घर नपुगी बास बस्दैनन् त्यसरी फेरि पनि झमेला भए बेग्लै हो । उदासिन छ दुनियाँ रमझमदेखि, रंगी बिरंगी मेला भए बेग्लै हो । सक्दैनन् सुनिरहन गुरुको प्रवचन असल जिज्ञासु चेला भए बेग्लै हो । परिश्रमी हो कि Read more
मेरो गाउँमा भ्यागुतानन्दहरुको घरै घर छ, जल, थल सबैतिर । भनौँ म पनि ती भ्यागुतानन्दहरुको आनन्दानुभूतिलाई सर्वस्व ठानेर हायसञ्चो मानेर दिन काटिरहेको छु उनीहरुकै सारमा । घरघरमा भ्यागुतानन्दहरु वर्षा वन्दना गरेर बस्छन । भ्यागुतानन्दहरु घरमा बस्दा चन्दन टीका लाएर आकाशतिर फर्केर ट्वार्रटवर्र गरिरहन्छन भने घर बाहिर हुँदा सर्पहरुको क्रियाकलाप Read more
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।