खराब जुन जुन बिचार हुन्छन् यहाँ तिनैका प्रचार हुन्छन् चलाउँछन् देश माफियाले अरे कसोरी सुधार हुन्छन् सजाय तोक्दै गरेर के भो यहाँ त कानुन् उदार हुन्छन् विकास भन्ने गफै रहेछ चुनाव ताका अपार हुन्छन् जहाँ छ तस्कर पदै नछाड्ने त्यहाँका जनता सिकार हुन्छन् । (पाेर्चुगल) Read more
काठमाडौं । साहित्यकार रह शर्मा ( शशी किरण रेग्मी) को नवीनतम निबन्ध कृति ‘विभावना’ सार्वजनिक भएको छ । चितवनमा भएको एक समारोहका प्रा.डा. नारायणप्रसाद खनाल, पोषराज पौडेल, रणेन्द्र बराली र लेखक शर्माले विमोचन गर्दै पुस्तक सार्वजनिक गरेका हुन् । सम्पुर्ण पुस्तक पसल नारायणगढका सञ्चालक लेखराम सापकोटाको अध्यक्षतमा सम्पन्न विमोचन Read more
चिसो र तातो मिसाउँदा चर्किन सक्छ अझ फुट्न सक्छ सिसाजस्तै आखिर मानिसको दिल पनि त सिसाजस्तै हो चर्किजाने फुटिजाने जब चिसो वचनले तातो मुटुमा छुन्छ मुटु चिराचिरा पर्छ । तातो तातो भाषण गर्दा थाहै हुदैन कुनै दिन त्यो जमात त्यो ताली त्यो झूठो तारिफ सेलाएर चिसोचिसो हुन्छ । अनि Read more
२०६७ बैसाख १० गते स्थापना भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले एक समारोहका वीच शुक्रबार आफ्नो ११ औँ वार्षिकोत्सव मनाएको छ । कोरोनाका कारण समय अनुकुल नभएता पनि स्वास्थ्य मापदण्ड पालना गर्दै आफनै कार्यालय परिसरमा सो कार्यक्रमको आयोजना गरिएको हो । प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले अध्यक्षता गर्नुभएको Read more
आमाले दुई जीउको खबर सुनाउँदै गर्दा मख्ख पर्दै आमालाई चुमेको थियो रिङ्गटा नै लाग्नेगरी फन्फनि घुमेको थियो घर छेउको लालुपाते आमाको गालामा टपक्कै टासिएको थियो तिमी फुरुङ्ग थियौ, तिम्रो मन दङ्ग थियो जब डाक्टरले गर्भको कुरा सुनाए तिम्रो दङ्ग मन एकाएक भङ्ग भयो Read more
वैशाख ६ र ७, पाँचथर । नेपाल प्रज्ञा–प्रतिष्ठान र नौलो साहित्यिक बिहान समाज, नेपालको संयुक्त आयोजनामा पाँचथरको फिदिममा दुई दिने पाँचथर वाङ्मय सङ्गोष्ठी–२०७८ भव्यताका साथ सम्पन्न भएको छ । उक्त सङ्गोष्ठीको समुद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले अहिले नेपाल प्रज्ञा–प्रतिष्ठान देशको सिङ्गो परिचयात्मक ग्रन्थ ‘नेपालदर्पण’को लेखन, महाकवि Read more
काठमाडौं । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पूर्व) को प्रथम साधारण सभा सम्पन्न भएको छ । सभा २०७८ बैशाख ४ गते शनिबार ५२ पोखरी ५३ टाकुरी अवस्थित रुकुमकोटमा सम्पन्न भएको थियो । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम(पूर्व) को तदर्थ समितिका संयोजक फत्तेकुमारी ओलीको अध्यक्षतामा सम्पन्न रुकुम पूर्वको प्रथम Read more
समाचारदाता । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एसिया समितिले साहित्यकार पारिजातको सम्झनामा सोमबार कार्यक्रम गरेको छ । नयाँ वर्ष २०७८ तथा २८ औं पारिजात स्मृति दिवसको अवसर पारेर जूम प्रविधिका माध्यमले आयोजित कार्यक्रममा अनेसास एसिया क्षेत्रका कविहरूले सिर्जना वाचन गरेका छन् । कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, सल्लाहकार राधेश्याम Read more





