ईश्वरी भट्ट, न्यूह्यामसायर , अमेरिका अंग्रेजी नयाँ वर्षको दिन अनेसास न्यूह्यामसायर च्याप्टरले शुभ कामना आदान-प्रदानसहित संस्थाका पूर्व महासचिव डा. तुलसी आचार्यद्वारा लिखित मोचन आख्यान उपन्यासको मन्थन कार्यक्रम गरेको छ । उक्त कार्यक्रम संस्थाका अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा तथा अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा Read more
इलाम, १८ पुस, २०७८ । इलाममा मुक्तक गोष्ठी तथा मुक्तक विमर्श कार्यक्रम सम्पन्न भएको छ । मुक्तक सागर त्रैमासिक पत्रिका काठमाडौँ र भानु प्रतिभा संरक्षण तथा साहित्य संवर्द्धन समितिले मुक्तक गोष्ठी तथा मुक्तक विमर्श कार्यक्रमको आयोजना गरेका हुन् । भानु प्रतिभा संरक्षण तथा साहित्य संवर्द्धन समितिका अध्यक्ष विमल Read more
काठमाडौँ । अभिनेता रोहित रुम्बाको अभिनय फिल्म ‘लाखे’ मा पनि रहने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य कलाकारको रुपमा शनिबार रोहितलाई भित्र्याएको छ । ‘लाखे’ कथा मन परेको कारण फिल्मसँंग जोडिएको रोहितले बताए । रोहितले यस अगाडि ‘तोरी लाउरे’, ‘नेप्टे’ लगायत थुप्रै फिल्ममा अभिनय गरेका छन् । रोहितसँगै Read more
सुनसरी, २०७८ पौष १५ र १६ गते । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) सुनसरीको आयोजनामा धरानमा दुई दिने सिर्जनात्मक लेखन कार्यशाला भव्यताका साथ सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यशालामा सुनसरी जिल्लाका पन्ध्रओटा विद्यालयमा कक्षा ११ र Read more
काठमाडौं, १५ पुस । आज वौद्ध धर्मावलम्बी गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व ल्होसार देशका विभिन्न भागमा मनाइँदै छ । विशेष गरी गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लाहरुमा यो पर्व धुमधामका साथ मनाइन्छ । नयाँ पर्वको रूपमा मनाइने यो पर्व तामाङ, शेर्पा, तमु लगायत Read more
उत्तरआधुनिकता शब्द नेपाली र हिन्दीमा प्रचलित शब्द हो। यस संस्कृत शब्दले चौदिशामध्ये एक उत्तर र कुनै कुराको पश्चात भन्ने अर्थ बोध गर्दछ। यो शब्द यद्यपि संस्कृत शब्द भए तापनि अर्थ र प्रयोग चाँहि नेपालीमा संस्कृतबाट नभए अँग्रेजीको Post Modernism गरी दुई शब्दबाट हुबहु अनूदित भएर चलन चल्तीमा देखिन्छ। अँग्रेजीमा Read more
गजल – मिना पौडेल
आफ्नै मनलाई सम्झाई बुझाई परदेशिएको हो घरको अवस्था कै कारण दाइ परदेशिएको हो। खरको छानो टाल्दा टाल्दै टाल्ने ठाउँ हराएपछि टिनको छानो छाउने कसम खाइ परदेशिएको हो। आफन्तहरू भएर पनि आफ्नोपन नपाएपछि आफ्ना धेरै इच्छाहरू मनमै दबाइ परदेशिएको हो। रमाउने समयमा पनि कमाउनु परेपछि नै दाइले पढ्न छाडेर जिम्मेवारी समाइ Read more
काठमाडौँ । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् । यही जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् । फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो । नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने Read more
२०७८ पुस १० गते शनिबार, भक्तपुर । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग, भाषा (मातृभाषा, कोश र व्याकरण) विभाग तथा साहित्य (मातृभाषा) विभागद्वारा ममता केन्द्र नेपालसँगको सहकार्यमा भक्तपुरको दुधपाटीमा शनिबार ‘ताम्बा दर्शन’, ‘तामाङ भाषा’ एवम् ‘तामाङ लोकसाहित्य’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । गोष्ठीमा ताम्बा दर्शन, तामाङ मातृभाषा र तामाङ लोकसाहित्यसम्बन्धी गहन विमर्श Read more
काठमाडौं । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले `साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान´का लागि ५ लाख रुपैयाँ प्रदान गर्नुभएको छ। आइतवार सानेपामा भएको केन्द्रको नियमित बैठकमा वरिष्ठ साहित्य सर्जकसमेत रहेका प्रधानले ५ लाख रुपैयाँको चेक केन्द्रकी कोषाध्यक्ष शान्ति सापकोटालाई हस्तान्तरण गर्नुभयो। गत मंसिर २४ गते तनहुँको आँबुखैरेनीमा भएको Read more





