मंसिर ३, काठमाडौं ।
मधेश प्रदेशमा मनाइने पर्वहरूमध्ये मुख्य पर्व छठ तराई–मधेशका तलाउ र नदी किनारामा जम्मा भएर आज धुमधामसँग मनाइदै छ ।
तीनदिनसम्म मनाइने यो पर्वको आज तेस्रो दिन हो । जुन सबैभन्दा महत्वपूर्ण दिन पनि हो । आज साँझ अस्ताउँदो सूर्यको पूजा गरी षष्टी (छठी) मातालाई अर्घ दिइन्छ भने भोलि चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा कार्य समापन गरिन्छ ।
पहिलो दिन व्रतालु महिला पुरुषले नदी र जलासयहरूमा नुहाएर ‘अरवा अरवाइन’ खाएर यो पर्व सुरु गर्छन् । दोस्रो दिन दिनभर उपवास बसी साँझ परिवारसँगै बसेर खीर, पुरी लगायत सुद्ध साकाहारी भोजन गरिन्छ । जसलाई मैथिलीमा ‘षडना’ भनिन्छ ।
तेस्रो दिन आज साँझ ‘सझुका अघ्र्य’ नामक मुख्य कार्य हुन्छ । आज दिनभर र राती पनि निराहार बसेका ब्रतालुले भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि ठेकुवा र भुसवा लगायत फलफूल र मिठाइ प्रसादको रूपमा खाने गरिन्छ ।
छटको ब्रत बसेर सूर्यको पूजा गरे सन्तान प्राप्त हुने र शान्ति तथा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
छट पर्वको अवसरमा आज देशैभरि सार्वजनिक विदा दिइएको छ भने राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना सन्देश दिएका छन् । !