अचेल यो रोगी समयले चित्कार गर्दैछ फूलले नि आज काँडालाई बलत्कार गर्दैछ ! उनलाई भेटूँ भेटूँ लाग्न छोड्यो अचेल त अब भने यो औषधिले चमत्कार गर्दैछ ! कसरी होला बाँच्ने अब ? सोच्दैछु म अझै पुलिस अचेल चोर डाकालाई नमस्कार गर्दैछ ! अभाव र महङ्गीको यो अँध्यारो शासनमा तस्करले पो इमान्दारलाई दुत्कार गर्दैछ ! वागमती ११, कर्मैया, सर्लाही