श्रमजीवी नागरिकको
परिश्रमरुपी बीजबाट
सृजित
बैङ्करुपी रुखमा
अर्थतन्त्रको प्रचण्ड खडेरीले
मालीरुपी नागरिकको शरीरबाट बर्षीएको पसिनारुपी जल
सिञ्चित हुँदा
यो बर्ष
हलक्क मौलाएको छ रुख र
लटरम्मै फलेका छन् फल
फलसगै, रुखले
मालिकको खुसी फलाएको छ
यसपाली मालिकलाई आनन्द छ
न मल हाल्ने हतारो छ
न पानी नपर्ला भन्ने चिन्ता छ
रामप्यारीहरु
घरबास बिहिन हुँदाको मल पानी
ताकिताको पासोले
स्वाभिमानी नागरिकप्पको
घाँटी कस्दाको मल पानी
प्याट्रोलसँगै
प्रेमिल जीवन बाल्दाको मल पानी
यी सबैका मलपानी
मज्जैले लागेर होला
मालिकको कुटिल बोट
औधी झाँगिएको छ
हाँगा बिँगा मोटाएका छन्
सिजन अनुकूल भएर होला
मालिकको रुखमा
थेगिनसक्नुको फल लागेका छन्।
तिनै फलका दानाले
हामी सवै विपन्न रैतीलाई
एकमुष्ट आँसुमा धकल्दा
सायद!
मालिकको खुसी चुलिएको होला ।
(महोत्तरी , प्रलेस अध्यक्ष )
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।